बसले ठक्कर दिएपछि विद्यार्थीले जलाए बस

काठमाडौं,सोमबार पुस ७ गते । पशुपति क्याम्पसमा अध्यनरत विद्यार्थीलाई बसले ठक्कर दिएपछि राजधानीको चावहिल क्षेत्र तनावग्रस्त बनेको छ । पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई सोमबार९आज० विहान बा ७ ख ५९३० नम्बरको बसले ठक्कर दिएर घाइते बनाएको थियो ।

बसले ठक्कर दिएपछि आक्रोशित बनेक पशुपति क्याम्पसका विद्यार्थीले बस जलाएका हुन् ।विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका थिए भने बा ३ ख ४४३३ नम्बरको बसमा तोडफोड गरेका छन् ।आक्रोशित विद्यार्थी र प्रहरीबीच केहीबेर तनावको अवस्थासमेत सिर्जना भएको थियो । घाइते विद्यार्थी पन्तको उपचार भइरहेको प्रहरीले जनाएको छ ।khabarhub

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार