अनुमति नलिएको भन्दै पर्यटनमन्त्री भट्टराईको र्यालीमा प्रहरीको अवरोध
बुधवार, पुष २३ गते
| म्याग्दी न्युज संवाददाता
सिड्नी,बुधबार पौष २३ गते । अस्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्षको प्रचारमा निस्किएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुरक्षाकर्मीको अवरोध खेप्नु परेको छ ।
बिना अनुमति र्याली निकालेर भ्रमण वर्षको प्रचार गरेको भन्दै स्थानीय सुरक्षाकर्मीले पर्यटनमन्त्री भट्टराईसहितको टोलीलाई रोकेको हो । कार्यक्रममा सहभागीहरुका अनुसार एनएसडब्लु प्रहरीले अनुमति विना र्याली निकालिएको भन्दै सहभागीलाई अघि नबढ्न चेतावनी दिएको हो । सहभागीहरुको समूहले फुटपाथमा हिँड्ने पैदल यात्रीलाई बाधा पार्ने देखिएपछि प्रहरीले रोकेको बुझिएको छ ।
कार्यक्रममा पर्यटनमन्त्री भट्टराईका अतिरिक्त अस्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहाल, गैर आवासीय नेपाली संघका पदाधिकारीलगायत सहभागी थिए ।अन्तर्राष्ट्रियस्तरमा नै भ्रमण वर्ष २०२० प्रचार गर्ने भन्दै पर्यटनमन्त्री भट्टराई केही दिन अगाडि अस्ट्रेलिया पुगेका थिए । khabarhub
काठमाडौँ । म्यानमारमा सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोधमा शुक्रबार काठमाडौंस्थित म्यानमार दूतावासअगाडि विरोध प्रदर्शन गरिएको छ । बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक अभयन्ताहरूले नक्खु, भैंसेपाटीस्थित दूतावासअगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा…
काठमाडौं । युरोपियन देश साईप्रसमा एक नेपाली महिलाको असामयिक निधन भएको छ । मङ्गलबार बिहान ४० वर्षीय संगीता पाण्डेको आकस्मिक निधन हो । गैरआवासीय नेपाली सङ्घ साईप्रसले मृतक पाण्डेको नेपाल घर नुवाकोट…
लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले पदबहाली गरेका छन् । श्रीमतीसहित लन्डन सोमबार आइपुगेका उनले २१ औं राजदूतको रुपमा पदबहाली गरेका हुन् । राजदूत रेग्मीलाई लन्डनस्थित हिथ्रो विमानस्थलमा राजदूतावासका…
बेनी । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीले ७५ औं राष्ट्रिय स्थापना दिवस मनाएको छ । शुक्रबार युनियन कांग्रेस म्याग्दीले बेनी अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरेर आफ्नो ७५ औं राष्ट्रिय स्थापना दिवस (हिरक…
काठमाडौँ । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा रत्ननगर नगरपालिका–७ पिपरीयाका ६७ वर्षीय फिरुला महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक…
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पुर्म पुन र सचिव शिलु आले मगरले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । झुटा बिबरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई…