आगलागिबाट अष्ट्रेलियामा ४८ करोड जनावर मरे

सिड्नी ,विहिबार पौष १७ गते । गत महिना अष्ट्रेलियाको न्यु वेल्सस्थित ३० लाख हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनायो ।

अष्ट्रेलियाको आगलागीले संसारभर पर्यावरणीय बहस र चिन्ता हुन थालेको छ । हालै सार्वजनिक समाचार अनुसार ४८ करोड जनावरको मृत्यु भएको छ । सिड्नी विश्वविद्यालयमा ‘इकोलोजी’का प्राध्यापक क्रिस डिकम्यानले यस्तो रिपोर्ट सार्वजनिक गरेका हुन् ।

ती वन्यजन्तु आगलागीबाटै ध्वस्त भएको रिपोर्टमा उल्लेख छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यसरी नष्ट हुनेमा पशुपंक्षी र जनावर छन् । प्राध्यापक डिकम्यानले ुकेही चिज सम्भवतः सधैँका लागि लुप्त भएकोु प्रतिक्रिया दिएका छन् ।

उनका अनुसार यस क्षेत्रमा आधा करोड आदिवासी जनावर थिए । गत नोभेम्बरमा झाडीबाट सुरु भएको आगलागीले विनाशकारी डढेलोको रुप लिएको थियो । अन्नपुर्ण पोष्ट्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार