
बेनी सोमबार पौष २१ गते ।
सडक खन्ने क्रममा सोमबार विहान पहिरोले पुरिएर बेपत्ता दोजर चालक शेरबहादुर पुन मगर मृत अवस्थामा फेला पर्नुभएको छ । जिल्लाको पश्चिम दुर्गम धवलागिरी गाउपालिका–७ हिलापोखरीको रानीवनमा डोजर (एक्साभेटर) पुरिँदा चालक पुन मगर मृत अवस्थामा फेला पर्नुभएको हो ।

सोमबार बिहान हिलापोखरी देखि सोलवाङ जोड्ने सडक खन्ने क्रममा एक्साभेटर पुरिँदा सोही गाउँपालिका –४ खिबाङ स्थित अन्दाजी ४० बर्षिय पुन मगर बेपत्ता हुनुभएको थियो ।
सडक माथिबाट खसेको पहिरोले पुरिएर सोही गाउपालिका–४ खिवाङका अन्दाजी ४० बर्षिय पुन मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ । ईप्रका दरबाङका अनुसार स्थानीयबासी र ताकम प्रहरी चौकीको टोलीले पहिरो पन्छाएर बेपत्ता पुन मगरको शव निकालिएको हो ।