वरिष्ठ गायक भट्टराईको सवारी दुर्घटनामा निधन

काठमाडौँ ,मंगलबार पौष २९ गते । वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन भएको छ । सोमबार राति दरबारमार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा दुर्घटनामा परेका भट्टराईको उपचारका क्रममा निधन भएको हो ।

कोटेश्वरतर्फ जाँदै गर्दा तिनकुनेमा विजुलीको पोलमा भट्टराई सवार कार ठोक्किएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको थियो । तर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए । कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार