अन्‍नपूर्ण आधार शिविरमा अलपत्र एक सय २० पर्यटकको उद्धार,मनाङ्गमा ४ बेपत्ता

पोखरा,शनिबार माघ ४ गते । हिमपात र हिमपहिरोका कारण माछापुच्छ‍्रे र अन्नपूर्ण हिमालको आधार शिविरमा अलपत्र परेका पर्यटकको उद्धार गरिएको छ । नेपाली र विदेशी गरी १ सय २० जनाको सिम्रिक एयरले शनिबार उद्धार गरेको हो। देउराली भन्ने ठाउँमा पहिरो गएपछि स्वदेशी र विदेशी पर्यटक पैदल फर्कन सकेका थिएनन्।

पहिरोका कारण नेपाली र कोरियाली गरी ७ जना हराइरहेका छन् र उनीहरु अझै सम्पर्कविहीन छन्। अन्नपूर्ण र माछापुच्छ‍्रे हिमालको आधार शिविरमा रहेका होटल व्यवसायी, नेपाली पर्यटक, विदेशीसमेत गरी झन्डै १ सय २० जनालाई शनिबार सुरक्षित स्थान र पोखरा ल्याएको सिम्रिक एयरका पोखरा प्रमुख कमल गौतमले जानकारी दिए।नेपालीहरुलाई निशुल्कै उद्धार गरेको गौतमले जानकारी दिए। छोम्रोङको पर्यटन व्यवस्थापन समिति, त्यहाँका वडाध्यक्ष र युवा क्लबका पदाधिकारीहरुको अनुरोधपछि सिम्रिक एयरको हेलिकोप्टर उद्धारमा जुटेको गौतमले बताए।

  • मनाङमा ४ चिनियाँ पर्यटक बेपत्ता

मनाङ पदयात्रामा गएका ४ जना चिनियाँ नागरिकहरु सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार राउण्ड अन्नपूर्णको थोरङ्लापास गर्न गएका ४ जना चिनियाँहरु पुस २७ गते मनाङ पुगेका थिए । मनाङको निस्याङ गाउँपालिाका–९ मा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापको कार्यालयमा नाम दर्ता गराएर अघि बढेका उनीहरुले हालसम्म थोरङ्ला पास पनि नगरेको र सम्पर्कमा पनि नआएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार इजी ११९२६२ नम्बरको पासपोर्ट बाहक हुङ,युयिन,पासपोर्ट नम्बर इओ ५२५६४८० बाहक क्याट सिउ तिङ नामक महिलासहित मा क्विनिल र एन्वद झाड नामक दुई पुरुष सम्पर्कविहीन भएपछि प्रहरीले खोजि अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार