दशौं बेनी बोर्डिङ कपको उपाधी बुद्ध एकेडेमीलाई

बेनी ,विहिबार फागुन ०१ गते ।
दशौ बेनी बोर्डिङ्ग कप फुटबल प्रतियोगिताको उपाधी बुद्ध एकेडेमी बोर्डिङ्ग स्कुलले हात पारेको छ । बेनी बोर्डिङ्ग स्कुलमा रहेको जुनियर रेडक्रस सर्कलको आयोजनामा खुल्लामञ्चमा विहिबार सम्पन्न फाइनल खेलमा जनप्रिय माविलाई पराजित गर्दै उपाधी चुम्न सफल भएको हो । निर्धारित समयमा दुवै टिमबाट दुई दुई गोलको बराबरी भएपछि पेनाल्टी मार्फत बुद्ध एकेडेमी बोर्डिङ्ग उपाधी जित्न सफल भयो ।

जित संगै बुद्ध एकेडेमीले २० हजार १११ रुपैयाँ ट्रफी ,मेडल र प्रमाणपत्र र उपविजेता जनाप्रिय मावि दरबाङ्गले ११ हजार १११ रुपैयाँमा चित्त बुझाउन बाध्य भएको छ । बुद्धका निराजन पुन प्रतियोगितामा उत्कृष्ट खेलाडी ,बुद्धकै प्रशान्त जोशी उत्कृष्ट गोलरक्षक ,रोभिन तामाङ उत्कृष्ट डिफेन्डर ,माउण्ट एभरेष्टका बिकल छन्त्याल उदयीमान खेलाडी ,जनप्रिय माविका करन पुन सर्वाधिक गालेकर्ता , बुद्धका सोनम लामा उत्कृष्ट कोच ,धौलागिरी मावि अनुशासित टिम तथा बुद्धका निराजन पुन मगर उत्कृष्ट मिडफिल्डर घोषित भए । विजेता ,उपविजेता तगा विभिन्न विद्यामा उत्कृष्ट विद्यालयलाई संविधान सभाका सदस्य तथा विद्यालयका निर्देशक रेशमबहादुर बानियाँ ,बेनपा ८ का सदस्य हिराबहादुर पुन ,शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण शर्मा लगायतले सम्मान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार