कोरोना १२४ देशमा फैलियो, ४,६२७ को मृत्यु

विश्व स्वास्थ्य संगठनको परिभाषामा ‘विश्वब्यापी महामारी’

एजेन्सी ,बिहिवार फागुन २९ गते । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विशवभर फैलिर्इरहेको कोरोना भाइरस संक्रमणलाई विश्वव्यापी महामारी भनेको छ। चीनबाट सुरु भएको कोरोना भाइरस १ सय २४ देशमा फैलिईसकेको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ४ हजार ६ सय २७ पुगेको छ । त्यस्तै १ ला २६ हजार १ सय ४५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरि ६८ हजरा २ सय ४० जना निको भएर घर पर्किएका छन ।

कोरोनाको उद्गम मुलुक चीनमा अहिलेसम्म सबै भन्दा बढी ३ हजार १ सय ६९ जनाको मृत्यु भएको छ भने ८० हजार ७ सय ९६ जनामा संक्रमण रहेको छ । त्यस्तै चीनपछिको दोस्रो ठूलो महामारी फैलिएको मुलुक ईटलीमा अहिलेसम्म ८ सय २७ जनाको मृत्यु भएको छ भने १२ हजार ४ सय ६२ मा संक्रमण पुष्टि भएको छ । त्यस्तै ईरानमा ३ सय ५४ जनाको मृत्यु भएको छ भने ९ हजार मानिस संक्रमणको चपेटामा परेका छन । त्यसैगरि दक्षिण कोरियामा ६०, स्पेनमा ५५ र फ्रान्समा ४८ जनाको मृत्यु भैसकेको छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस अदनम गेब्रेयेससले गत दुई हप्तामैं चीनबाहिर संक्रमितको संख्या १३ गुणाले बढेपछि यो समस्या डरलाग्दो मात्रै नभएर विश्वब्यापी महामारी भएको बताए। कुनै रोग धेरै मुलुकमा एकैसाथ तीव्ररुपमा फैलिएपछि महामारीको चरणमा प्रवेश गरेको मानिन्छ। नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार