कोरोनाले गर्दा लोक सेवा आयोगको सबै लिखित परीक्षा स्थगित

काठमाण्डौ,विहिबार चैत ०६ गते । लोक सेवा आयोगले आउँदो चैत्र ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

आयोगले कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा नगर्ने विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

आयोगको बिहीबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मको लागि निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परीक्षाका कार्यक्रम स्थगित गरेको छ। उज्यालोअनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार