खानेपानी उपभोक्ता संस्थाद्धारा विपन्नको राहतका लागि दुई वडालाई एक लाख सहयोग,महशुलमा बीस प्रतिशत छुट

म्याग्दी, आइतबार चैत २३ गते । म्याग्दीको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले लकडाउनका कारण प्रभावित भएका विपन्नको राहतका लागि एक लाख रुपैयाँ सहयोगका साथै फागुन महिनाको खानेपानी महशुलमा छुट दिने निर्णय गरेको छ ।

file photo

संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठको अध्यक्षतामा आइतबार बेनीमा बसेको बैठकले विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएका विपन्नका लागि राहत वितरण गर्न बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयलाई पचास पचास हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोेरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनबाट प्रभावित विपन्न परिवारलाई राहत वितरणका लागि बेनी नगरपालिका–७ र ८ नम्बर वडा कार्यालाई प्रति वडा पचास हजार रुपैयाँका दरले एक लाख र फागुन महिनाको खानेपानी महशुलमा २० प्रतिशत छुट गर्ने तथा सोही महिनाको बिलम्ब शुल्क समेत मिनाह गर्ने निर्णय भएको संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार यस्तै उपभोक्ताहरुले घरबाटै आफ्नो मिटरमा चढेको अंक संस्थाको टेलिफोन र मोवाइलमा सम्पर्क गरेर जानकारी गराउन अनुरोध गरेको छ । संस्थाका बेनी बजारमा एक हजार घरधुरी उपभोक्ता रहेका छन् । इसेवा र आइएमई पेको माध्यमबाट महशुल भुक्तानी गर्ने व्यवस्था मिलाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार