थप सात जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं ,मंगलबार बैशाख २३ गते । बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारी चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य छ ।यसअघि बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए ।

संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । हालसम्म १६ जना कोरोना निको भएर घर फर्किएका छन् । बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेका छन् भने उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार