२५६४औँ बुद्ध जयन्ती म्याग्दीमा दीपावली गरी मनाइयो (तस्बिर सहित)

बेनी ,विहिबार बैशाख २५ गते ।
शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६४औँ जन्म जयन्ती म्याग्दीमा पनि मनाइएको छ । लकडाउन आर्थात बन्दाबन्दीको समय भएकाले सामाजिक दुरी कायम गरेर टोल र घर घरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको हो ।

जिल्लाको यूवा बौद्ध संघ म्याग्दीले बेनी नगरपालिका–७ संगमचोकमा दिप प्रज्वलन गरि मनाएका छन् । यसैगरी बेनपा–८ कालिपुल टोलबासीले पनि दिप प्रज्वलन गरि मनाएको स्थानीय युवा एव्म कालिपुल टोल समितिका सल्लाहकार मनोज गौचनले जानकारी दिनुभयो । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पु¥याउनुभएको योगदानको स्मरणमा उहाँप्रति आराधना, ध्यान गरी मनाइन्छ । सरकारले कोरोनाबाट बच्ने शक्ति प्राप्तिका लागि प्रार्थना गर्न आह्वान गरेको थियो ।

“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको जन्म जयन्तीका अवसरमा यस वर्ष कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक रुपमा कुनै कार्यक्रम आयोजना गरिएन ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६४ वर्षअघि माता मायादेवी कपिलवस्तुको तिलौराकोटबाट रुपन्देहीको देवदह जाने क्रममा लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार