बेनी ,विहिबार जेठ २२ गते ।
म्याग्दीमा थप एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगला–४ निवासी १९ वर्षिय पुरूषमा कोरोना संकमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । उनी हालै मात्र भारतबाट आएका हुन ।
कोरोना पुष्टि भएपछि उनलाई खुल्लामञ्च स्थित कोरोना आइसोलेसन कक्षमा लैजाने तयारी रहेको उहाँले जानकारी दिनुभयो । यो संगै कोरोना संक्रमित को संख्या २ पुगेको छ । हाल सम्म म्याग्दीबाट ठाइएका जम्मा १५८ स्वाब नमुना मध्ये १३० को परिक्षण भईसकेको छ । २८ वटाको नतिजा आउन बाकी रहेको ।