नेपालमा थप ४४८ जनामा कोरोना पुष्टि

काठमाडौं ,शुक्रबार जेठ ३० गते । नेपालमा थप ४४८ जनामा नोभेल कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५ हजार ६२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो ।

जसमा पुरुष ४ हजार ७०९ र महिला ३५३ रहेका छन् । यतिधेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो । सरकारले पीसीआर परीक्षणको विधिलाई पछिल्लो समय तिव्रता दिएको छ । पछिल्लो २४ घण्टामा करिब ६ सय जनाको पीसीआर परीक्षण भएको छ ।

आइसोलेसनमा ४ हजार १ सय ६९ जना उपचाररत रहेका छन् । शुक्रबार १६ जना डिस्चार्ज भएसँगै आजसम्म कूल ८ सय ७७ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या १६ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार