थप १८ जनामा कोरोना पुष्टि,गण्डकीमा संक्रमितको संख्या २२३ पुग्यो

पोखरा,मंगलबार असार ०२ गते । बागलुङ्ग सहित पाँच जिल्लामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रदेशका विभिन्न ५ जिल्लाका १८ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान विज्ञप्ति प्रकाशित गरी सोको पुष्टि गरेको हो ।

बागलुङका १ जना पुरुष, स्याङ्जाका ४ जना पुरुष , नवलपरासी बर्दघाट सुस्ता पूर्वकका २ जना पुरुष, गोरखाका ९ जना पुरुष र १ महिला तथा कास्कीका १ जना पुरुष रहेका छन् । उनीहरु सबै भारतबाट आएर स्थानीय क्वारेन्टिनमा रहेका व्यक्तिहरु रहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमितलाइ सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ। संक्रमित मध्ये १६ जना निको भइ घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार