गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि ,संक्रमितको संख्या ३२४ पुग्यो

पोखरा ,विहिबार असार ०४ गते ।
गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । स्याङजामा ९, पर्वतमा ४ ,तनहुँमा ३ , नवलपरासी (बर्दघाट सुस्ता पुर्व)मा १३ जना र बागलुङमा १ गरी पाँच जिल्लामा ३० जना कोरोना संक्रमित थपिएका हुन् ।

नयाँँ संक्रमित सबै भारतबाट आएका हुन् । संक्रमितहरुलाई सम्बन्धीत जिल्लाहरुको आसोलेसन कक्षमा लैजाने तयारी रहेको जनाएको छ ।यसैगरी गण्डकी प्रदेशको मनाङमा बिहीबारपहिलोपटक संक्रमित फेला परेका छन् । यो सँगै प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या १० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार