नेपालमा थप ६७१ जनामा कोरोना पुष्टि

काठमाण्डौं ,विहिबार असार ०४ गते । नेपालमा थप ६७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।

संक्रमितमा ८० महिला र ५९१ जना पुरुष रहेका छन् ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यो सँगै नेपालमा कूल संक्रमितको संख्या ७,८४८ पुगेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।यो एकैदिन सङ्क्रमित हुनेको सङ्ख्यामध्ये अहिलेसम्मकै धेरै हो ।मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको संख्या ११ सय ८६ पुगेको छ। जसमा ११४ जना महिला र १०७२ रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार