महामारीको बिषम परिस्थितीमा बेनी बचतले ल्यायो बिशेष छुट सुबिधा

अमित बिश्वकर्मा
बेनी ,सोमबार असार ०८ गते ।

म्याग्दीको बेनी नगरपालिका –७, भिमसेन टोलमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लि.ले बिभिन्न कर्जा शिर्षक अन्तर्गत ऋण कारोबार गर्दै आएका आफ्ना शेयर सदस्यहरुलाई छुट सुबिधा प्रदान गरेको छ ।

कोरोना भाइरस महामारीको विषम परिस्थितिमा संस्थामा आबद्ध भइ आफ्नो बित्तीय आबश्यकतालाइ पुरा गर्नका लागि ऋण लिएका शेयर सदस्यहरुलाई असार मसान्त सम्मका लागि उक्त छुट सुबिधा प्रदान गरेको हो । संस्थाले उपलब्ध गराएको छुट सुबिधा अन्तर्गत असार मसान्त सम्म लागेको सम्पुर्ण ब्याज भुक्तानी गरेमा लकडाउन असार मसान्त सम्मको ब्याजमा १० प्रतिशत छुट संगै लकडाउन अबधिभरीको हर्जना ब्याज पनि छुट गरिएको संस्थाका प्रबन्धक सज्जन शाक्यले बताउनुभयो । उहाँका अनुसार असार मसान्त भित्र भाका नाघेका कर्जाको सम्पुर्ण ब्याज बुझाएमा आगामी १ बर्षका लागि निशुल्क कर्जा नविकरण गरिने ब्यबस्था गरिएको छ ।

त्यसैगरि असार मसान्त सम्म लागेको सम्पुर्ण ब्याज भुक्तानी गर्ने शेयर सदस्यहरुलाइ १ लाख रुपैयाँ बराबरको र ५० देखि ७५ प्रतिशत सम्म ब्याज भुक्तानी गर्ने सदस्यहरुलाइ ५० हजार रुपैयाँ बराबरको कोरोना बिमा संस्था मार्फत उपलब्ध गराइने बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गीरीले जानकारी दिनुभयो । भाका नाघेका कर्जाको सावाँ र ब्याज चुक्ता गर्न आउने सदस्यहरुलाइ समेत बिशेष छुटको ब्यबस्था गरिएको अध्यक्ष गीरीले बताउनुभयो ।

२०५७ सालमा स्थापना भएको यस संस्थाले निरन्तर १९ बर्ष सेवा प्रदान गरेको छ । १३३ जना संस्थापक शेयर सदस्य रहेको यस संस्थामा बचत तथा ऋणको कारोबार गर्ने समेत गरि ७८२ जना अन्य शेयर सदस्यहरु रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार