जलजला गाउँपालिकाको आठौं गाउँसभा : नीति तथा कार्यक्रम पारित

लामाखेत ,विहिबार असार ११ गते । पर्वतको जलजला गाउँपालिकाले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम आठौँ गाउँसभाबाट पारित गरेको छ ।बुधबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न गाउँसभा मार्फत जलजला गाउँपालिकाले नविनतम् केहि योजना र गतवर्षका योजनालाई निरन्तरता दिने गरि नीति तथा कार्यक्रम पारित गरेको हो ।

गाउँसभामा अध्यक्ष यामबहादुर मल्लले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरिएको छ । गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, पर्यटक, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, खानेपानी, सरसफाई लगायतका विषयलाई प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाले कोभिड १९ ले सृजना गरेको समस्या समाधान तर्फ आगामी वर्षको कार्यक्रममा प्राथमिकता दिएको छ ।गाउँपालिकामा संघीय सरकारको समन्वयमा १५ शैयाको अस्पताल निर्माण गर्ने, प्रत्येक स्वास्थ्य चौकीको भौतिक पूर्वाधार सुधार गर्ने जस्ता कार्यक्रम लाई जोड दिएको छ । वेरोजगारी समस्या समाधान गर्नका लागि गाँउपालिका भित्र रहेका वेरोजगार तथा अर्धवेरोजगार युवारयुवतीहरुलाई नाई सम्वन्धी पलम्वीङ, इलेक्ट्रीसीयन, मेकानिकल एवं लघु उद्यम सम्वन्धी विभिन्न स्वरोजगारमुलक तालिम सञ्चालन गरिनेछ । सोका लागि सि।टि।इ।भि।टी सँग समन्वय गरिने मल्ले बताउनुभयो ।कोभिड –१९ का कारण बिदेशबाट फर्किनुपरेका यूवालाई गाउँमै रोजगारी दिन गाउँपालिकाले जोड दिने भएको छ । गाउँपालिकाले जग्गा लिजमा लिएर यूवालाई खेतीपातीमा प्रेरित गर्ने अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

पशुपालनमा लाग्ने यूवालाई अनुदान, वाख्रापालन, भैसी तथा गाई फर्म स्थापना, पशु बीमा, बालीविमा लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समाबेश गरेको छ । गाउँपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने कार्यक्रम पनि प्राथमिकतामा परेको छ । गाउँपालिकाले गतवर्ष देखि शुरु गरेका महत्वकाक्षी योजना लाई निरन्तरता दिने जनाईएको छ । हम्पाललाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न बृहत गुरुयोजना बनाएको पनि नीति तथा कार्यक्रममा समाबेश छ ।

उश्रलक्षित समूदायको आर्थिक हैसियत उकास्ने लक्ष्य लिदैं योजना छनौटमा जनसहभागिता बृद्धि गर्ने, सन्तुलित र न्योचित विकास गर्ने गाउँपालिकाको योजना रहेको छ । अध्यक्ष मल्लले जडिबुटि खेती प्रवर्दन गर्ने, स्थानीय स्रोत साधानहरुको समूचित प्रयोग गर्ने, ढुंगा गिटी वालुवा, ढुंगाखानी उत्खनन लाई व्यवस्थित बनाउने जनाएको छ ।गाउँपालिकाले सबै वडामा सहज सडक बनाउने, सबै बालबालिकालाई विद्यालयको पहुँचमा लैजाने, करलाई बैज्ञानिक बनाउने, तरकारी खाद्यन्न र फलफुलका पकेट र व्लक बिस्तार गर्ने जनाएको छ ।

फलफुलका बिरुवा वितरण, कृषि औजार वितरण, मल, बीउ र बिषादी वितरण जस्ता कार्यक्रम लाई निरन्तरता दिईएको छ । वडा नं। ५,६, ८ र ९ मा आलु खेति प्रर्वद्धन कार्यक्रम सञ्चालन गरिनेछ । उपल्लो भेगको केहि क्षेत्र एवं वडा नं। २,३,४,६,७,८ र ९ मा धान तथा वेमौसमी तरकारी एवं फलफुल उत्पादन वृद्धि गर्न कृषि अनुदान कार्यक्रमलाइ निरन्तरता दिइनेछ ।

वडा नं. १ वासखर्कमा रहेको सुन्तला खेतीको हालको भण्डारण क्षमतालाई विस्तार गरी बजारीकरण गर्न पहल गरिने मल्लले बताउनुभयो ।?दचश्रकालीगण्डकी करिडोरको मध्यविन्दुमा पर्ने यस क्षेत्रमा मझौला तथा ठूला उद्योग कलकारखाना स्थापनाका लागि लगानी आर्कषण गरिने उल्लेख छ भने स्थानिय स्तरमा सञ्चालीत साना तथा घरेलु प्रकृतिका अल्लोको कपडा, नेपाली कागज, भांग्रो, झोला, खास्टो, सालको टपरी, क्यान्डी, जुस,अचार,ससेज एवं मैनवत्ती उद्योग हरुलाई प्रोत्साहन गरी रोजगारीको अवसर बढाउन सिप विकास तालिम तथा आर्थिक र प्राविधिक सहयोग प्रदान गरिने भनिएको छ ।?रउश्र

कालीगण्डकी नदि किनारका जोखिमयुक्त वस्तीहरु वारीवेनी, वगरफाँट, लामाखेत मोहनचोक, मिलनचोक, फर्से, खनीयाघाट लगायतका वस्तीहरुको संरक्षणका लागि नदिकटान नियन्त्रणका कार्यहरु गर्दै संघ तथा प्रदेश सरकारसँग गरिएको पहलवाट थप तटवन्ध निर्माणका कार्यक्रमहरु समावेश भएका छन् ।

प्रदेश सरकारको समन्वयमा सडक बिस्तार र कालोपत्रेका योजना आगामी वर्षका कार्यक्रममा निरन्तर रुपमा सञ्चालन हुने जनाईएको छ । उपलव्ध स्रोत साधनका आधारमा वातावरण संरक्षणको साथै दिगो र सन्तुलित विकास गर्न भौगोलिक, क्षेत्रगत, समावेशी विकासको अवधारणालाई अवलम्वन गर्ने नीति लिईएको छ ।

विद्यार्थी र शिक्षकको अनुपात मिलाई सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापन र दरवन्दी मिलान गरिने पनि उल्लेख गरिएको छ ।?दचश्रशिक्षक विद्यार्थी अनुपात बढी भएका विद्यालय तथा विज्ञान, गणित र अंग्रेजी शिक्षक नपुग भएका विद्यालयमा स्वयंसेवक शिक्षक परिचालन गरि अध्यापन कार्य सञ्चानल गरिने बताईएको छ ।

?उश्रअध्यक्ष मल्लले प्रस्तुत गरेको कार्यक्रममा एक घर एक धारा कार्यक्रम लाई निरन्तरता दिई सवै वडाहरुमा क्रमशः विस्तार गर्दै लगिने उल्लेख छ । अति अशक्त नागरिकहरुलाई जिविकोपार्जनका लागि विशेष राहत, सहुलियत उपलब्ध गराईने पनि कार्यक्रममा समाबेश छ ।

बैँक तथा वित्तिय संस्था र सहकारीको विकासमा पनि गाउँपालिकाले जोड दिएको छ । सूचना र सञ्चारलाई पनि नीति तथा कार्यक्रममा जोड दिइएको छ । गाउँपालिकामा आर्थिक उपार्जनका नयाँ नयाँ संभावना खोजी गरि नागरिकहरुको जीवनस्तर उकास्ने गाउँपालिकाले योजना बनाएको छ । दलित, महिला, जनजाती, बालबालिका, जेषहरुका लागि विशेष कार्यक्रम समेत गाउँपालिकाले आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने सोचमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार