दलित समुदायमा पहिचान ,पहुँच र प्रतिनिधित्वको अभाव ः प्रजिअ ढकाल

अमित विश्वकर्मा
बेनी ,शनिबार असार १३ गते ।

म्याग्दी सदरमुकाम बेनीमा नेपालमा छुवाछुतको विकासक्रम र निराकरणका उपायहरुको विषयमा संरकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राजनितिक दलित संघर्ष समिति म्याग्दीको आयोजना ,दलित युवा सञ्जालको सह–आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले दलित समुदायमा पहिचान ,पहुँच र प्रतिनिधित्वको अभाव भएकोले राज्यका हरेक संयन्त्रमा प्रतिनिधित्व पु¥याउनका लागि सरकारले दिँदै आएको आरक्षणलाई थप प्रभावकारी ढंगले लागु गर्नुेपर्ने बताउनुभयो ।

छुवाछुत मुक्त समाज निर्माणमा अवका कार्यधार के हुने ? भन्ने सवालमा प्रजिअ ढकालले भन्नुभयो ,‘विभेद गर्ने संस्कृतीको विषय भएकोले संस्कार परिवर्तन गर्नु आजको आवश्यकता हो ।’ पिछडिएका दलित समुदायका लागि स्थानीय तहहरुले शसक्तीकरणका कार्यक्रमहरु संचालन गर्नुेमा उहाँले जोड दिनुभयो । ‘छुवाछुतको जरो जहाँ छ त्यहाँ पुगेर सचेतनाका कार्यक्रमहरु संचालन गर्न दलित अधिकार कर्मीहरहरुलाई आग्रह गर्दछु ’,–प्रजिअ अधिकारीले थप्नुभयो,‘पण्डित ,पुरोहित र सम्पुर्ण गैरदलितहरुलाई एकै ठाउँमा राखेर सकरात्मक दृष्टिकोणबाट सचेतनाका कार्यक्रमको आयोजना गर्नुस्, आवश्यक समन्वयका लागि म पनि तयार छु ।’

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक किरणजंग कुवँरले दलितसंग सम्बन्धीत घटनाहरुलाई निष्पक्ष छानविन गर्न र दोषीलाई कारबाही गर्न म्याग्दीको प्रहरी प्रशासन तत्पर र कतिबद्ध रहेको बताउनुभयो । दलित मुक्ती संगठनका केन्द्रीय सदस्य टेक बहादुर विश्वकर्माले राज्यको निर्णायक तहमा दलित समुदायको उपस्थिती हुन नसक्दा दलितका मुद्धाहरु प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

यसैगरी कार्यक्रममा सामाजिक अध्यता चन्द्रमणी सापकोटाले नेपालमा छुवाछुतको विकासक्रम र निराकरणका उपायहरुको बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्र माथि दलित युवा सञ्जालका केन्द्रीय अध्यक्ष पुष्कर विश्वकर्मा , जिल्ला समन्वय अधिकारी ज्ञानराज कोइराला ,नागरिक समाजका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठ,जिल्ला बार एसोसियसनका अध्यक्ष चिरञ्जीवि शर्मा , जिल्ला अदालत,म्याग्दीका श्रेष्तेदार खिलप्रसाद बुर्लाकोटी ,म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरख बहादुर जिसि र प्याव्सन म्याग्दीका सल्लाहकार राजकुमार थापाले टिप्पणी गरेका थिए ।

????????????????????????????????????


उक्त अन्तरक्रिया कार्यक्रम संघर्ष समिति म्याग्दीका संयोजक याम किसानको अध्यक्षता , दलित युवा सञ्जाल म्याग्दीका सदस्य भोजबहादुर थापा किसानको स्वागत र संजालका संयोजक किसान विश्वकर्माकाे संचालनमा सम्पन्न भएको थियोे ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार