म्याग्दीमा ४ जना कोरोना संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ

म्याग्दी,शनिबार असार १३ गते । म्याग्दीमा उपचाररत ४ जना कोरोना संक्रमितको दोस्रो पटकको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । म्याग्दीको बेनीस्थित आईसोलेसनमा उपचाररत मध्ये ६ जनाको दोस्रो पटकको स्वाव परिक्षण गर्दा ४ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । एक महिला र एक पुरुष गरी दुई जनाको दोस्रो पीसीआर परिक्षण रिपोर्ट पुन: पोजेटिभ आएको छ ।

प्रवासबाट आएर बेनीमा क्वारेन्टाइनमा रहेका उनीहरुलाई स्वाव पिसिर परिक्षण गर्दा कोरोना पोजोटिभ देखेपछि आइसोलेसनमा राखिएको थियो ।उहाँका अनुसार हालसम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या १४ जना पुगेको छ। भने संक्रमित मध्ये २ जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार