थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या १०७ पुग्यो

काठमाडौं । देशभर ५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा ५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । योसँगै देशभर कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।

उहाँका अनुसार काठमाडौंका १३९, ललितपुरका १५ र १४ गरी उपत्यकामा १६८ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १६० डिस्चार्ज भएका छन् भने कुल निको हुनेको संख्या १७ हजार ४९५ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६९९ रहेको छ । त्यसैगरी १ सय ७ जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार