बुटवलमा थप एक कोरोनासंक्रमित महिलाको मृत्यु


रुपन्देही । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना–११ सालझन्डीकी ७७ वर्षीया महिलाको लुम्बिनी प्रदेशिक अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो ।

हिजो विरामी भएर अस्पताल आएकी महिलाको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियोे । बुटवलको कोरोना विशेष अस्पतलामा आइसोेलेशन र भेन्टिलेटर नभएपछि लुम्बिनी प्रदेशिक अस्पतालको आइसोलेशनमा राखेर उपचार गर्दा गर्दे बिहान मृत्यु भएको डा।सुर्दशन थापाले रातोपाटीलाई बताए ।

हिजो पनि रुपन्देहीमा उपचाररत ३ जनाको मृत्यु भएको थियो । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार