विराटनगरमा कोरोनाबाट एक महिलाको मृत्यु

सुनसरी । विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।

विराटनगर-१९ बस्ने ४४ वर्षीय महिलाको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको कोभिड अस्पतालका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिएका छन्।ती महिलालाई ५ दिनदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार दिउँसो कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

सोही दिन गरिएको पिसिआर परीक्षणमा संक्रमण देखिएपछि थप उपचारको लागि कोभिड अस्पताल पठाएको कोशी अस्पतालका प्रमुख डा. दिपक सिग्देलले बताए । यो सँगै कोशीको कोभिड अस्पतालमा मृत्यु हुनेको संख्याँ पाँच पुगेको छ। कोरोनाका कारण विराटनगरमा हालसम्म १६ जनाको ज्यान गइसकेका छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार