सिन्धुपाल्चोक पहिरो:७ जनाको शव फेला, २४ जना बेपत्ता (अपडेट)

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे, भीरखर्क र नेवारटोलमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

नागफुजेकी ६२ वर्षीया भक्तिमाया श्रेष्ठ र ९८ वर्षीया ट्याक्सी शेर्पाको शव पहिचान भएको छ । भीरखर्क बिकटोलकी २३ वर्षीया जुनु बिक, २४ वर्षीय शुकलाल बिक र ८ वर्षीय बालक सन्देश बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता (डीएसपी) प्रकाश सापकोटाले रातोपाटीलाई बताए ।

पहिरोमा परेर नेवारटोलका २ जनाको ज्यान गएको छ । सो ठाउँका ६० वर्षीय सर्किनी नेवार र ६५ वर्षीय धनलाल नेवारको शव फेला परेको छ । पहिरोका कारण २४ जना बेपत्ता भएको डिएसपी सापकोटाले बताए । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार