ललितपुरको भट्टेडाँडामा पहिरो, पाँच जना घाइते, उद्धारका लागि हेलिकप्टर पठाइँदै

ललितपुर । ललितपुर बागमती गाउँपालिका-३ भट्टेडाँडास्थित कान्ति लोकपथमा पहिरो जाँदा दुई टिपर र एक मोटरसाइकल पुरिएका छन्। पहिरोमा परी पाँच जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

बुधबार साँझ पहिरो गए पनि बिहीबार बिहानमात्र उद्धारमा प्रहरी पुगेको छ। घाइते पाँचै जनाको स्थानीय स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन्।उनीहरूलाई थप उपचारका लागि कतै पनि ल्याउन नसकिएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ।

उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य नवराज सिलवालका अनुसार घाइतेमध्ये कुमार नगरकोटीको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ। उक्त ठाउँमा गाडी जानसक्ने अवस्था छैन।

‘गृहबाट हेलिकप्टर मागिएको छ, तर मौसम प्रतिकूलताका कारण उड्न सकिरहेको छैन,’ सिलवालले भने, ‘मौसम खुल्नेबित्तिकै हेलिकप्टर जान्छ।’सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार