युवा संघ अध्यक्ष रोका सहित नेकपाका ५३ जना कांग्रेस प्रवेश

म्याग्दी । (नेपाल कम्युनिष्ट पार्टी) नेकपाको भात्रृ संगठन युवा संघ अर्मनका अध्यक्ष प्रताप रोका सहित ५३ जना पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार एक कार्यक्रमका विच मंगला गाउँपालिका –५ मा अध्यक्ष रोका सहित ५३ जना कांग्रेस प्रवेश गरेका कांग्रेस म्याग्दीले जनाएको छ ।

प्रवेश गर्नेमा पूर्व माओवादीबाट वडा सदस्य पदकी उम्मेद्धार कुमारी मल्ल, युवा संघका अध्यक्ष सहति अन्य ५३ जना रहेका छन् । अर्मनको पाखु, हिलबाङ, छिस्वाङ, पिपलबोट, पोक, कर्सिम्ला र खारपानीबाट मात्र ५३ जना कांग्रेस प्रवेश गरेका हुन् ।

नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेकाहरुलाई नेपाली कांग्रेस म्याग्दीका सभापती खम बहादुर गर्बुजा ‘खम्बीर’,सचिव क्याप्टेन मिन बहादुर कार्की ,मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर ,मंगला गाउँपालिका सभापती नरसिंङ खत्री, सदस्य बलभद्र ढकाल,निर्वाचन क्षेत्र ख का सभापती कमल छन्त्याल लगाएतले स्वागत गर्नुभएको थियो ।कार्यक्रममा सभापती गर्बुजाले वर्तमान नेकपाको सरकार जनता चाहना वितरित चलेको बताउँनुहुँदै विभिन्न बाहनामा जनतालाई दुःख दिएको बताउनुभयो । काण्डै काण्डमा फसेको सरकार विपदको समयमा पनि गम्भीर हुन नसकेको सभापति गर्बुजाको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार