विद्यालयमा दुई लाखको अक्षयकोष

गोरखा । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङका समाजसेवी स्व पदमबहादुर श्रेष्ठको स्मृतिमा सरस्वती माध्यामिक विद्यालयमा दुईवटा अक्षयकोष स्थापना गरिएको छ ।

अमेरिकामा रहेकी स्व श्रेष्ठकी छोरी प्रतिमा श्रेष्ठ, ज्वाइ धनीराज श्रेष्ठ र श्रीमती बालकुमारी श्रेष्ठका तर्फबाट संयुक्तरूपमा रू एक लाख एक हजार एकसयको ‘पदमबहादुर श्रेष्ठ स्मृति टुहुरो जेहेन्दार छात्रवृत्ति अक्षयकोष’ र नाति अभिनव श्रेष्ठका तर्फबाट रू एक लाख एक हजार एकसयको ‘गरिब तथा जेहेन्दार दलित छात्रवृत्ति कोष’ स्थापना गरिएको हो ।विद्यालयमा सोमबार आयोजित कार्यक्रमा परिवारका तर्फबाट उपलब्ध गराइएको सो रकमबाट ती कोष स्थापना गरिएको विद्यालयका प्रधानध्यापक रामचन्द्र पौड्यालले जानकारी दिए । अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट विद्यार्थीहरू छनोट गरी जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने उनले बताए ।

नेपाली सेनाका जमदारबाट अबकास समाजसेवी श्रेष्ठको ८२ वर्षको उमेरमा गत असोज १५ गते उपचारका क्रममा काठमाडौं छाउनीस्थित विरेन्द्र सैनिक अस्पतालमा निधन भएको थियो । उनले बोर्लाङको शिक्षा क्षेत्रको बिकासका लागि महत्वपूर्ण योगदान दिएको वडाध्यक्ष श्रेष्ठले बताए । गाउँमै स्कुल खोल्नुपर्छ भनी स्थानीय नागरिकलाई जागरुक गराउने अभियानमा जुटेका स्व श्रेष्ठले २०१६ सालमा विद्यालय स्थापनाका लागि जग्गा दान पनि दिएका थिए । नागरिक खबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…