नेपालमा ३ हजार ९३ कोरोना संक्रमित थपिए ,संक्रमितको संख्या १ लाख ३९ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । यस संगै नेपालमा कोरोना संक्रमितको संख्या १३९,१२९ पुगेको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् । सक्रिय संक्रमितहरुको संख्या ४१ हजार ७७५ पुगेको छ भने संस्थागत आइसोलेसमा रहेका व्यक्तिहरुको संख्या १३ हजार ५ सय ५९ रहेको छ ।

होम आइसोलेसनमा रहनेहरुको संख्या २८ हजार १ सय ९६ जना रहेका छन् । नेपालमा आज १३ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ । १३ लाख १४ हजार ७ सय ७९ जनाको परीक्षण भएको छ । काठमाडौं १ हजार ४ सय ३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित थपिएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार