नुवाकोटमा खुलेको ८ दिनमै विद्यालय बन्द

नुवाकोट । नुवाकोट-६ महिनापछि खुलेका विद्यालय आठ दिनमै स्थानीय प्रशासनको आदेशमा बन्द भएका छन् । बल्ल बल्ल पढ्न पाएका विद्यार्थी निराश भएका छन् ।

लिखु गाउँपालिका–३ मालाकोटको गणेशसूर्य आधारभूत विद्यालयका अभिभावक पुष्पलाल श्रेष्ठले भने ‘स्कुल खुल्यो छोराछोरीले पढ्न नपाउने भनेर खुसी हुन नपाउँदै बन्द भए । पढाइ बिग्रने चिन्ता भयो ।’गत साताबाट विद्यालयमा सिकाइ केन्द्र स्थापना गरेर विद्यार्थीलाई ‘काउन्सिलिङ’ गरिँदै आएको प्रधानाध्यापक दुर्गाराज पाण्डेले बताए । उनले भने ‘आलोपालो १२ बजेसम्म पढाउने गरिएको थियो ।’ अभिभावकहरू विद्यालय बन्द गर्न नमानेको उनले बताए ।

‘अभिभावकले एक घण्टा भए पनि मास्क, सेनिटाइजर लगाएर पठाउँछौं भनेर पढाउन जोड गरेका छन् । के गर्नेरनगर्ने हामी चेपुवामा परियो,’ उनले भने । विद्यालयले हाललाई दैनिक दुई घण्टा घरमै विद्यार्थीलाई गृहकार्य गर्न लगाएर अध्ययनमा जोडिराख्न शिक्षकहरूलाई खटाएको छ । स्थानीय प्रशासनको आदेशअनुसार बन्द गर्न भनिएको भए पनि यो अन्योलले शैक्षिक क्षेत्र प्रभावित भएको भन्दै लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले चिन्ता व्यक्त गरे ।ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार