प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ बजगाईंलाई पनि कोरोना संक्रमण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत अर्का एक सदस्यलाई पनि कोरोना संक्रमण भएको छ। प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो। उनी आफैंले आइतबार दिउँसो ट्विटरमार्फत आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन्।

यसअघि शनिबार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, स्वकीय सचिव इन्द्र भण्डारीलगायतलाई कोरोना पुष्टि भएको छ।nagariknews.nagariknetwork बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार