नोबेल अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल अस्पतालको आइसोलेसनमा उपचाररत दुई जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुष र रतुवामाई नगरपालिका ८ का ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार क्यान्सर रोगबाट पीडित कानेपोखरीका ५० वर्षीय पुरुषलाई ज्वरो आएपछि सोमबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएका उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको र भेन्टिलेटमा राखेर उपचार गर्दासमेत बचाउन नसकिएको दाहालले बताए ।

यस्तै, मधुमेहका दीर्घ रोगी रतुवामाईका ४५ वर्षीय पुरुषलाई ज्वरो, निमोनिया र टाइफाइड भएपछि असोज १३ गते उपचारका लागि अस्पताल भर्ना भएको दाहालले बताए । अस्पताल भर्ना भएपछि स्वाब परीक्षण गरिएको उनमा पनि कोरोना पोजिटिभ देखिएको र आईसीयूमा राखेर उपचार गर्दा गर्दै मंगलबार बिहान साढे दुई बजे मृत्यु भएको दाहालले जानकारी दिए । ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार