रौतहटमा धमाधम खुल्न थाले सामुदायिक विद्यालय

रौतहट । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका रौतहटका सामुदायिक विद्यालयहरु धमाधम सञ्चालन हुन थालेका छन् । मन्त्रालयको निर्देशनअनुसार अनलाइन शिक्षण क्रियाकलाप तथा वैकल्पिक शिक्षण विधि प्रभावकारि नभएको भन्दै धमाधम विद्यालयहरु सञ्चालनमा आउन लागेका हुन् ।

जिल्लाका फतुवा विजयपुर र गरुडा नगरक्षेत्र अन्तरगतका सबै सामुदायिक विद्यालय अगामी २२ गतेदेखि सञ्चालनमा आउन लागेका छन् । मंगलबार बसेको बैठकको निर्णय बमोजिम अगामी २२ गते देखि सामुदायिक विद्यालय सञ्चालन हुने फतुवा विजयपुरका नगर शिक्षा संयोजक बुनिलाल यादवले जानकारी दिए ।

विगतको तुलनामा हाल वातावरण सहज भएपनि कोरोना भाईरसको जोखिम यथावत रहेकाले सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार पठनपाठन गर्ने तयारी गरिएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम सामाजिक भौतिक दुरि कायम राखेर स्वास्थ मापदण्डअनुसार कक्षा सञ्चालन गर्ने जनाइएको छ ।

प्रति कक्षाकोठामा २० जना विद्यार्थी राख्ने र मास्क सेनिटाईजर अनिवार्य प्रयोग गरिने फतुवा बिजयपुरका मेयर गोपालप्रसाद यादवद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ । फतुवाका साथै गरुडा नगरक्षेत्र अन्तरगतका सामुदायिक विद्यालयहरु २२ गतेदेखि सञ्चालन हुने सूचना सार्वजनिक गरिएको छ । १८ स्थानीय तहमध्ये यसअघि चन्रपुर र गौर नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालय सञ्चालन भैसकेको जिल्ला शिक्षा समन्वय ईकाई रौतहटका प्रमुख रामबिनयकुमार सिंहले जानकारी दिए । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार