अस्पतालमा भेन्टिलेटर नपाएपछि घर ल्याएका बिरामीको मृत्यु

इटहरी । अस्पतालमा भेन्टिलेटर नपाएर घरमै ल्याएर राखेका इटहरीका एक जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ।

इटहरी वडा नं. ७ का ६८ वर्षीय सुधीलाल चौधरीको मृत्यु भएको हो। उनलाईं मंगलबार विराटनगर उपचार गर्न लगेपछि पिसिआर परीक्षण गरेपछि कोरोना संक्रमित भएर भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएपनि कोशी अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा टेलिफोन सम्पर्क गरेर बुझ्दा नपाएपछि बिरामी घरमै ल्याएर राखेका थिए। घरमै ल्याएर राखेका बिरामी चौधरीको आज बिहान १.३० बजे मृत्यु भएको वडाअध्यक्ष नरबहादु राईंले बताए।

मृतक चौधरीका आफन्तले भेन्टिलेटर नपाएपछि घरमै ल्याएर राखेपछि निधन भएको वडाअध्यक्ष राईंले बताए। मृतक चौधरी टिभी र दमका पूराना बिरामी हुन्। इटहरी क्षेत्रमा राईसहित पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार