आन्तरिक राजस्व कार्यालयका सम्पूर्ण सेवा बन्द

कञ्चनपुर । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरका सम्पूर्ण सेवा बन्द गरिएका छन् । कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि आजदेखि कार्यालयका सेवा बन्द गरिएका हुन् ।

सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कोरोनाको सङ्क्रमण भएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी परीक्षणको कार्यका लागि पठाइएको जनाएको छ । परीक्षणको नतिजा नआउँदासम्मका लागि कार्यालयका सम्पूर्ण कार्य बन्द गरिएका छन् ।रातोपाटी/रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार