विराटनगरमा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु

मोरङ । विराटनगर महानगरपालिका–५ मा होम आइसोलेसनमा बस्दै आएका ८२ वर्षीय वृद्धको बिहीबार मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुदो लक्षण देखिएपछि असोज १७ गते स्वाब संकलन गरी गराएको पीसीआर रिपोर्ट १९ गते पोजिटिभ आएको विराटनगर महानगर वडा–५ का अध्यक्ष मिनकुमार आचार्यले बताए ।

ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको वृद्धको बुधबार राति स्वास्थ्यमा थप समस्या देखिएपछि मृत्यु भएको उनले बताए । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८८ पुगेको छ । ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार