सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १ हजार १७७ पुग्यो

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाको सक्रिय संक्रमितको संख्या १ हजार १७७ पुगेको छ । शनिबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप ६२ जनामा कोरोनासंक्रमण पुष्टि भएसँगै प्रदेशमा सकृय संक्रमितको संख्या १ हजार १७७ पुगेको हो । सक्रिय संक्रमितमा अछाममा ५१, बैतडीमा ३९, बझाङ्गमा ११०, डडेल्धुरामा १७, दार्चुलामा ७६, डोटीमा ११५, कैलालीमा ६५२, कञ्चनपुरमा ११४, बर्दियामा १, धनुषामा१ र सुर्खेतमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा गरिएको परीक्षणमा कैलालीका ३५, कंचनपुर का १७, बैतडीका ६ ,डोटीका ३,दार्चुलाका १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलार्ई जानकारी दिए । यता, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । हालसम्म अछामका २, बझाङ्गका २, बैतडीका १ ,बाजुराका २ ,डडेल्धुराका १, कैलालीका ९ र कञ्चनपुरका १ जना कोरोना संक्रमितको मृत्यु भइसकेको उनले बताए ।

त्यस्तै, प्रदेशमा निको हुने संक्रमित संख्या ६ हजार ७५६ पुगेको छ । विभिन्न अस्पतालबाट थप २५ जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ६ हजार ७५६ पुगेको हो । हाल विभिन्न अस्पतालहरुमा १०९ कोरोना संक्रमितको उपचार भइरहेको छ । कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा २५, टिकापुरमा ४१, महाकालीमा २८, अछाममा १०, डोटीमा २ र डडेल्धुरामा ३ जनाको उपचार भइरहेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार