चीनमा कोरोना मुक्त एक व्यक्तिमा पुन: ६० दिनपछि आँखामा फेला

काठमाडौँ । चीनमा एक कोरोना मुक्त व्यक्तिमा निको भएको ६० दिनपछि कोरोना भाइरस फेला परेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार ६५ वर्षीया चिनियाँ महिलामा कोरोना संक्रमण भएको ६० दिनपछि फेरि आँखामा संक्रमण पाइएको हो ।

अनौठो घटना सार्वजनिक भएपछि चिनियाँ वैज्ञानिकहरु अनुसन्धानमा जुटेका छन् । जनवरीमा कोरोना संक्रमण भएपछि ती महिलाले अस्पताल भर्ना भएर उपचार गराएकी थिइन् । चिकित्सकहरुले उनमा सामान्य ज्वरो र डायरियाबाहेक अन्य स्वास्थ्य समस्या नभएको हिस्ट्री भएको बताएका छन् । फोक्सोमा समस्या देखिए पनि उनको हिस्ट्रीमा आँखामा कुनै समस्या थिएन । एक महिनापछि रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज भएकी थिइन् । तर, डिस्चार्ज भएको ८ दिनपछि आँखामा समस्या देखिएको थियो ।

मार्च ८ मा अस्पताल भर्ना भएकी उनको आँखामा ग्लुकोमा संक्रमण भएको पाइएको थियो । चिकित्सकले उनको आँखाको शल्यक्रिया गरे । वुहानस्थित सेन्टर थियटर कमाण्ड अस्पतालमा उनले अप्रिल १० मा शल्यक्रिया भएको थियो । अप्रिलमा शल्यक्रिया गर्दाको स्वाबमा उनको आँखामा कोरोना संक्रमण पुष्टि भएको थियो । आप्थेल्मोलोजी जर्नलमा प्रकाशित यो रिपोर्ट अनुसार ती महिलामा ६० दिन भन्दा धेरै समयसम्म पनि कोरोना संक्रमण भएको पाइएको उल्लेख छ ।एजेन्सी/नागरिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार