लाखौ मूल्य बराबरको सुनसहित १ जना पक्राउ

जनकपुर । जनकपुरधाम ७ भमरपुरा चौकबाट सशस्त्र प्रहरीले १६ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको सुनसहित १ जनालाई पक्राउ गरेको छन् । सशस्त्र प्रहरीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा बा १० च ३५६८ नम्बरको मारुती भ्यानबाट १६ लाख २३ हजार ८ सय रुपैया मूल्य बराबरको २ सय ग्राम काँचो सुन बरामद गरेको हो ।

सशस्त्र सीमा सुरक्षा बल गण नम्बर ८ जनकपुर हेडक्वाटरबाट प्रहरी निरिक्षक शम्भु कटुवालको नेतृत्वमा खटि गएको प्रहरी टोलीले १५ लाख मूल्य बराबरको गाडी सहित सो सुन बरामद गरिएको प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए ।

प्रहरीले सुनसहित गाडी धनी महोत्तरी जिल्ला बला नगरपालिका ७ निवासी ३४ वर्षीय रामचन्द्र दासलाई समेत पक्राउ गरेको उनले बताए । पक्राउ परेका दास र ३१ लाख २३ हजार ८ सय रुपैया बराबरको गाडी र सुन सहित आवश्यक कारवाहीका लागि आइतवार भन्सार कार्यालयमा बुझाइ सकिएको प्रहरी निरिक्षक कटुवालले बताए । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार