बागलुङमा नगदसहित आठ जुवाडे पक्राउ

बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले शनिबार जुवाको खालबाट नगदसहित आठ जुवाडेलाई पक्राउ गरेको छ ।

बागलुङ नगरपालिका–४ ठुलस्वारामा जुवा खेलिरहेको अवस्थामा बागलुङ नगरपालिका–१० का सूर्य केसी, यमबहादुर केसी, सुरज क्षत्री, बागलुङ नगरपालिका–११ का राजन आचार्य, सन्तोष केसी, बागलुङ नगरपालिका–२ का ज्ञानबहादुर कार्की, बागलुङ नगरपालिका–९ का कृष्णबहादुर सार्की र बाँके जिल्ला खजुरा गाउँपालिका–३ का तेजविक्रम क्षेत्रीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूको साथबाट नगद रु ५४ हजार ७०० समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । पक्राउ परेका सबैका बारेमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए । रासस

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

ओमसतिया गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…

thumbnail

बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

लहान । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला…