मुख्य समाचार म्याग्दी न्युज विशेष रघुगंगा गाउँपालिका राष्ट्रिय समाचार समाज

राखुकी मृगौला पीडित मगरकोे याचनाः ‘सहयोग पाए बाँच्ने थिए’

म्याग्दी । दुवै मृगौलामा समस्या देखिएपछि उपचारमा आर्थिक समस्या झेल्दै आएकी म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी एक महिलाले सहयोगको याचना गर्नुभएको छ । पिप्लेको तुसारेपानी बस्ने ५५ बर्षिउ चनमाया मगरको दुवै मृगौलाले काम नगरेपछि पोखराको मणपल शिक्षण अस्पतालमा उपचार गराइरहेकी मगरको उपचारमा आर्थिक समस्या देखिएपछि सहयोगको अपिल गरिएको छ ।

पारिवारिक रुपमा आर्थिक अवस्था कमजोर भएकी मगरकोे अहिले सम्म आफन्तले उपचारमा आर्थिक संयोग गर्दै आएका थिए । अस्पतालमा नियमित डाईलासिस सहित अन्य औषधी लगायतका खर्चमा समस्या भएको पीडित मगरले बताउनुभयो ।

‘मलाई रोग लाग्दा परिवारबाटै साथ दिने कोही छैन् मगरले भन्नुभयो, थप उपचारमा आर्थिक जुटाउन नसकेर अहिले घरमा आएर बसेको छु ।
‘विपन्न परिवारका हुन्,‘सामान्य कृषिपेशाबाट परिवारको गुजरा चल्ने गरेको छ’ उहाँले बताउनुभयो । हाल नियमित उपचार र भविस्यमा प्रत्यारोपण सहित नियमित उपचारका लागी आर्थिक आवश्यकता रहेकाले आर्थिक सहयोगबाटै नयाँ जीवन पाउने उहाँको भनाई छ।
मृगौला प्रत्यारोपण तथा डायलासिस गर्नुपर्ने चिकित्सकले बताएपछि चैत यता ६ लाख खर्च भइसकेको छ । उहाँकोे उपचारमा आफन्तले सहयोग गरेका छन् । राखुबाट स्वदेश तथा विदेशमा रहेकाहरुलाई सहयोग जुटाउन अपिल गर्नुभएको छ ।


खाता रहेको बैंक ः सिटिजन्स बैंक बेनी शाखा
खातावालाको नाम ः चनमाया मगर
खाता नं. ः ०१८०१००००१०५३०३५

सम्बन्धित समाचार

thumbnail

दुई श्रीमती हुँदाहुँदै तेस्रो विवाह गरेको आरोपमा सल्यानका वडाध्यक्ष पक्राउ

काठमाडौँ । बहुविवाहको आरोपमा सल्यानका वडाध्यक्ष पक्राउ परेका छन्। प्रहरीले वनगाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार बेलुका जयतपानी बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता…

thumbnail

अर्थमन्त्री पौडेलले समाजसेवी सपना रोका मगरलाई भेटेर बधाई दिए

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजसेवी सपना मगरलाई भेटेर बधाई दिएका छन् । शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री पौडेलले समाजसेवी सपना मल्ल मगरसँग भेट गर्दै बीबीसीको १ सय जना प्रभावशाली महिलामा परेकोमा बधाई दिएका…

thumbnail

म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण

म्याग्दी । म्याग्दीमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कन्त्याक्ट ट्रेसिङमा परेका र शंकास्पद बिरामीहरुको मंसिर १६ गते संकलन गरिएका १४ वटा नमुनाको पिसिआर रिपोर्ट अनुसार गुल्मी, तनहुँ र…

Write a Reply or Comment