जबरजस्ती करणी अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

काठमाडौं । मकवानपुरकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढी गाउँपालिका–७ सुकौरा पोलदमार बस्ने ६० वर्षीय रन बहादुर स्याङ्तानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रन बहादुरले ती बालिकालाई कात्तिक १२ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार