सल्यानमा ढुंगा प्रहार गरी वृद्धको हत्या

वीरेन्द्रनगर । सल्यानमा ढुंगा प्रहार गरी एकजना वृद्धको हत्या भएको छ। मानसिक सन्तुलन गुमाएका भनिएका बनगाढ कुपिण्डे नगरपालिका–५ राउचेका २८ वर्षीय शेरबहादुर साहुले ६६ वर्षीय दुर्गाबहादुर वादीको हत्या गरेका हुन्।

दुर्गाबहादुर नाथेखोलाबाट घर जाँदै गर्दा भारचौैर खोला नजिकै साहुले पछाडिबाट ढुंगा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए।

उनका अनुसार दुर्गाबहादुरको घटनास्थलमै मृत्यु भएको थियो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। nagariknews.nagariknetwork बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार