न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा स्मारिका विमोचन तथा पुरस्कार वितरण (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी सदमुकाम बेनी स्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविद्धारा प्रकाशित स्मारिका प्रभात अंक ७ को विमोचन गरिएको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख राजकुमार थापाले स्मारिका प्रभातको विमोचन गर्नुभएको हो । सोही अवसरमा वार्षिक परिक्षामा उत्कृष्ट नतिजा सहित उत्तिर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । भने नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा सम्मान गरिएको छ ।

जिसस प्रमुख थापाले शुभकामना व्यक्त गर्दै  देशको शैक्षिक क्षेत्रमा निजि क्षेत्रको योगदान महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले शिक्षालाई गुणस्तरीय,सर्वसुलभ र व्यवहारिक बनाउन निजि विद्यालयको पनि ठुलो भुमिका हुने बताउनुभयो । वर्तमान समयमा शिक्षा क्षेत्रलाई डिजिटल प्रविधिसँग जोड्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

स्मारिका प्रभातमा विभिन्न लेखकहरुको लेख,विद्यार्थीका साहित्यक सिर्जनाहरु , विद्यालयका विभिन्न गतिविधि र तथ्याङ्कहरु समेटिएका छन् । विद्यालय सञ्चालक समितिका अध्यक्ष यजनलाल शाक्यले शैक्षिक क्षेत्रमा निजि विद्यालयको महत्वपुर्ण योगदान रहेको उल्लेख गर्दै सरकारले निजि विद्यालय प्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्न आग्रह गर्नुभयो । साथै उहाँले न्यु वेष्ट प्वाइन्ट आवासीय मावि साविक धौलागिरी अञ्चलमै उत्कृष्ट र नमुना विद्यालयको रुपमा स्थापित भइसकेको दावी गर्नुभयो । भाइस पिन्सिपल कृष्णबहादुर जिसीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रिन्सिपल डिबी दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिका शिक्षा शाखा प्रमुख हेमचन्द्र पौडेल लेखक ध्रुवलाल शर्माले बोल्नुभएको थियो । उत्कृष्ट विद्यार्थीहरुलाई शैक्षिक सामग्रीले पुस्कृत गरिएको थियो । कक्षा १२ सम्म पढाई हुने विद्यालयमा करिब साढे १५ सय जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार