हत्या अभियोगमा एक युवक पक्राउ

दार्चुला । हत्या अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । दार्चुलाको लेकम गाउँपालिका–४ टक्ना बस्ने ४८ वर्षीय तेज बहादुर पालको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका ३० वर्षीय रमेश पाल पक्राउ परेका हुन् ।

रमेशले लाठीले प्रहार गर्दा तेज बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रिठाचौपाता र इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार