फेसबुकमा ‘सुसाइड नोट’ लेखेर बेपत्ता भएका डाक्टर काभ्रेमा भेटिए

काठमाडौं । फेसबुकमा सुसाइड नोटु लेखेर बेपत्ता भएका भक्तपुरका डाक्टर फेला परेका छन्। भक्तपुरको राधेराधे अगाडि डेन्टल क्लिनिक चलाउँदै आएका अन्दाजी ३२ वर्षीय डाक्टर मंगलबार बिहान बेपत्ता भएका थिए। उनी सोही ठाउँमा बस्थे।

महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार आफ्ना बुवासँग झगडा परेको भन्दै उनी घरबाट निस्किएका थिए। मंगलबार बिहान करिब ४ बजे उनी घरबाट निस्किएका थिए। निस्कँदा उनले फेसबुकमा एउटा नोट लेखेर गएका थिए। त्यसमा उनले आत्महत्या गर्न लागेको खबर छाडेर गएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। सो स्टाटस उनका साथीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। यता परिवार पनि प्रहरी समक्ष पुगे।

घरबाट निस्किँदा ती डाक्टरले आफ्नो बा १६ च ८६७९ नम्बरको गाडी लिएर गएका थिए। उनको खोजी गर्न परिसरले अनुसन्धान अघि बढाएको थियो। प्रहरी नायब उपरीक्षक गिरीका अनुसार तत्कालै प्रहरीले उनको फोन लोकेसन ट्रेसिङ गर्न थालेको थियो। प्राविधिक टोलीले उनी भक्तपुर कटेर काभ्रे पुगेको भेटाएको थियो। उनको फोन पनौतीमा गएर अफ भएको गिरीले बताए।

हामीले उहाँको फोन ट्रेसिङ गरी खोज्न सुरू गरेका थियौं। उहाँको फोन काभ्रेको पनौतीमा गएर अफ भएको थियो,उनले भने, केही बेरपछि उहाँको एनसेलको नम्बरको लोकेसन पलान्चोक भगवतीतिर देखायो।उनी त्यहाँ भएको खबर पाएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय, काभ्रेसँग समन्वय गरेको थियो। प्रहरीले संयुक्त रूपमा खोजी गर्दा उनी सकुशल फेला परेका छन्।

उनी केहीबेर अघिमात्रै भुम्लु गाउँपालिका-१० मा भेटिएका हुन्। उनलाई प्रहरीले दोलालघाट नजिकै फेला पारेको हो। काभ्रेको ५५ किलोमा भेटिएका छन्। अहिले उहाँ सकुशल हुनुहुन्छ,प्रहरी नायब उपरीक्षक गिरीले भने,थप बुझ्न बाँकी छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार उनीमाथि सोधपुछ गर्न कार्यालय लगिँदैछ। अहिले उहाँ बोल्नुभएको छैन। हामीले उहाँलाई कार्यालय लग्दैछौं,उनले भने,गाडी सडकछेउ छाडेर तलतिर गएर बस्नुभएको रहेछ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार