सुनसरीमा दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा गरी दुईको मृत्यु

सुनसरी । दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका-१ करमखोला पुलमा मंगलबार बिहान सवा ८ बजे प्रदेश १-०२-०४० प ५२९६ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा घाइते भएका स्थानीय ५५ वर्षीय धनबहादुर कार्कीको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो।

ठक्कर दिने मोटरसाइकल इलाका प्रहरी कार्यालय चतराले नियन्त्रणमा लिएको छ। घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सुनसरीकै हरिनगररा गाउँपालिका-३ मा मंगलबार बिहान साढे ९ बजे को२त ९५८९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सहचालक रामधुनी-१ का मनोज श्रेष्ठको मृत्यु भएको छ।

गौतमपुरमा निर्माणाधीन सडकको लागि पानी बोकेर जाँदै गरेको उक्त ट्याक्टर आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा घाइते भएका सहचालक श्रेष्ठको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार