बाँकेमा सात किलो अफिमसहित २ जना पक्राउ

बाँके । बाँकेमा ७ किलो लागूऔषध अफिमसहित २ जना पक्राउ परेका छन् । उनीहरु कोहलपुर बसपार्कस्थित भेरी गेष्ट हाउसबाट अफिमसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जाजरकोट नालगाड–९ का ४५ वर्षीय जय बहादुर सिंह र सोही ठाउँका ३३ वर्षीय वीरेन्द्र बहादुर सिंह रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान र आवश्यक कारबाहीको काम भइरहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो, नेपालगञ्जको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । हिजो साँझ ५ बजे उनीहरुलाई पक्राउ गरिएको जिप्रका बाँकेले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार