पैदलयात्रीलाई ठक्कर दिई फरार बस चालक पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-७ थानकोटस्थित सडकमा मंगलबार बिहान तरकारी बोकी बोटो काट्दै गरेका लोहारलाई ठक्कर दिँई फरार रहेका ना.५ ख ८४७४ नम्बर बस चालक सर्लाही हरिवन नगरपालिका-८ घर भएका ३४ वर्षीय सुनिल श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका-६ माहादेबस्थान बस्ने बाजुरा घर भएका २५ वर्षीय नबिन लोहारलाई ठक्कर दिई फरार भएका उनलाई अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले बससहित पक्राउ गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरको समन्वयमा काठमाडौं महानगरपालिका-३१ पेप्सीकोलाबाट उक्त बस सहित सुनिललाई पक्राउ गरेको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका लोहारको ओमसमाज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।उनी उपर सवारी तथा यातातात व्यवस्था ऐन, २०४९ बमोजिम अनुसन्धान भइरहेको उक्त वृत्तले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार