कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका ३ मा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।

बुधबार राती पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से ४ प ९२५६ नम्बरको मोटरसाइकलले करिब ३५ वर्षीया महिलालाई ठक्कर दिएको थियो। ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन्।

उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले सेतोपाटीलाई बताए।मोटरसाइकल चालक ३६ वर्षीय प्रेम साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार